“नाई नभन्नू ल ५” युट्युवमा रिलिज (भिडियो सहित)

नेपाली सिनेमा क्षेत्रमा सिरिज फिल्महरुमा ब्राण्ड नै बनिसकेको फिल्म हो नाई नभन्नू ल । पछिल्लो पटक रिलिज भएको नाई नभन्नू ५ लाई दर्शकहरुले निकै कम पराए । हलमा पनि दाम यसले राम्रै छाप्यो । केही समय अगाडीसम्म हलमा खडेरी लागेको समय फिल्मले पानीको काम गरेको थियो । बिकास आचार्यले निर्देशन गरेको यो फिल्म आज युट्युवमा रिलिज भएको छ । यस फिल्ममा स्वस्तिमा खड्का , डेब्यु नायक अभिषेक नेपाल , बुद्धि तामाङ, जयनन्द लामा, दिलिप रायमाझी, उत्तम केसी राजाराम श्रेष्ठ , निरुता सिंह ,प्रियंका कार्की ,केकी अधिकारी लगायतका कलाकारहरुको पनि मुख्य अभिनय रहेको छ ।

म्युजिकल लभस्टोरी यस फिल्ममा सामिप्यराज तिमिल्सिना र विकास आचार्यको कथा, पटकथा तथा संवाद रहेको छ ।फिल्ममा हरिबोल भण्डारी र गौरी जोशी निर्माताका रुपमा रहेका छन् भने दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल कार्यकारी निर्माताको रुपमा रहेका छन् । यतिबेला निर्माता एवं बिकास आचार्य नाई नभन्नू ल को सिरिज छोडेर हजार जुनीसम्म फिल्म निर्माण गरेका छन् । जुन फिल्मले पहिलो गीत एमजी रोडैमा रिलिज भईसकेको छ ।

 

 

Read Previous

पलले बुने बर्षासंग पिरतीको जाल (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *