पलले बुने बर्षासंग पिरतीको जाल (भिडियो सहित)

नेपाली लोक , आधुनिक लगातका गीतहरुमा आफनो आवाज दिएर चर्चामा आएकी गायिका सिन्धु मल्ल आफनो नयाँ गीतको साथमा दर्शक श्रोतमाझ आएकीछिन् । लोक , पप तथा तीजका गीतहरु गाएर आफनो परिचय बनाएकी सिन्धुले “पिरतीको जाल” बोलको गीत सार्वजनिक गरेकी हुन् । उनलाई सो गीतमा नेपाल आईडल २ का चर्चित अमित बरालले साथ दिएका छन् ।

सुदाम थापाको संगित र शब्द रहेको उक्त गीतमा म्युजिक एरेन्ज भने केशव बडुले गरेका छन् । गीतको भिडियोमा वीर विक्रम २ मा एकसाथ काम गरेका चर्चित नायक पल शाह र बर्षा सिवाकोटी फिचर्ड रहेका छन् । भिडियोमा कोरियोग्राफी एवं निर्देशन शिव बिकको रहेको छ ।

 

 

Read Previous

अक्षय फेरी राउडी बन्दै

Read Next

“नाई नभन्नू ल ५” युट्युवमा रिलिज (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *