अक्षय फेरी राउडी बन्दै

बलिउड नायक अक्षय कुमार पर्दामा हेरक भुमिकामा रुचाईएका नायक हुन् । एक्सन , कमेडी , रोमाण्टिक देखि फरकधारका फिल्महरुमा समेत निकै रुचाईएका खिलाडी अक्षय कुमारको करियर उकास्न ,एक्सन र कमेडी फिल्महरुको जति देन छ उति नै देन साउथ इण्डियन फिल्मको पनि छ । अक्षयको हिट फिल्महरुमा साउथ इण्डियन फिल्मका हिन्दी रिमेकहरु छन् जसले बक्सअफिसमा भयंकर नै कलेक्सन गरेका छन् । यसबीच अक्षयको तीनै फिल्महरुमा पर्ने नाम हो राउडी रातौड ।

सन् २०१२ मा रिलिज भएको यस फिल्ममा अक्षयको शैली र एक्सनले सबैको मन जितेको थियो । अब सोही फिल्मको पनि सिक्वेल बन्ने भएको छ । अथार्त बन्ने भएको छ राउडी रातौड २ । अक्षयसंगै सोनाक्षी सिन्हको अभिनय रहेको यस फिल्मलाई प्रभु देवाले निर्देशन गरेका थिए । सिक्वेललाई पनि उनले नै निर्देशन गर्ने सम्भावना धेरै रहेको बताईएको छ ।

हाल फिल्म स्क्रिप्टमा काम चलिरहेको भारतीय मिडियाहरुले जनाएका छन् । फिल्ममा सोनाक्षी हुने नहुने पक्का भएको छैन । सिक्वेलमा पनि अक्षयको डबल भुमिका हुने दाबी छ । राउडी रातौडले भने बक्सअफिसमा करिब १३० करोड भन्दा बढि कलेक्सन गर्न सफल भएको थियो ।

 

Read Previous

‘वीर विक्रम २’ प्रकरण :- मिम नेपालका २ जना प्रक्राउ

Read Next

पलले बुने बर्षासंग पिरतीको जाल (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *