‘वीर विक्रम २’ प्रकरण :- मिम नेपालका २ जना प्रक्राउ

जेठ ३ गतेबाट रिलिजमा आएको फिल्म वीर विक्रम २ को गलत समिक्षा र गालीगलौज प्रकरणमा युटयुव च्यानल मिम नेपालका दुईजना प्रक्राउ परेका छन् । प्रक्राउ पर्नेमा प्रमेश गौतम र आदर्श मित्र रहेका छन् । काठमाण्डौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । गौतमलाई प्रहरीले हिरासतमा राखेको छ भने मित्र साधारण तारेखमा रिहा भएका छन् । फिल्मका निर्माता एवं निर्देशक मिलन चाम्सले उनीहरुविरुद्ध किटानी जाहेरी दिएपछि प्रक्राउ गरिएको हो । मिलनले आफनो फिल्मको समिक्षा नकरात्मक तर अश्लिल अनि भद्धा तरिकाले गरेको र आफनो कलाकारहरुको समेत अपमान र बेईज्जत गरेको भन्दै मिम नेपालबिरुद्ध उजुरी दिएका थिए ।

उनले एक करोड सम्मको क्षतिपुर्ति माग गर्दै उजुरी दिएका हुन् । नेपाली सिनेमा क्षेत्रका कलाकारहरुको अपमान नै हुने गरी मिम नेपालले सामाग्रीहरु प्रसारण गरेको भन्दै मिलन चाम्सले उजुरी दिएका हुन् । साथै उनले आफुलाई ब्ल्याकमेल गर्न खोजेको तर चित्त नबुझेपछि फिल्म र कलाकारहरुको बारेमा तथानाम बोलेको फिल्मलाई ध्वस्त बनाउँने षडयन्त्र गरेको उनले आरोप लगाएका थिए । मिम नेपालका प्रमेश गौतमले वीर विक्रम २ को समिक्षा गलत तरिकाले गरेका थिए ।

हुन त राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सकिन्छ तर प्रमेश गौतम शैली भने आपत्तिजनक नै थियो । उनले फिल्म समिक्षा गर्ने बहानामा हतियार देखाएर सीमा नै नाघेका थिए । उनले उक्त भिडियोमा अश्लिल र भद्धा शब्दहरुको समेत प्रयोग गरेका थिए भने फिल्मका कलाकारहरुको बेईज्जत र अपमान हुने गरी अभिव्यक्ति दिएका थिए । प्रमेशले समिक्षा गर्ने उक्त शैलीप्रति अन्य चलचित्रकर्मीहरुले समेत असन्तुष्टी जनाएका थिए भने मिलनको उजुरीमा समर्थन पनि गरेका थिए ।

 

Read Previous

सलमानले अर्काे ईद पनि गरे बुक , २७ बर्ष कान्छी नायिकासंग रोमान्स

Read Next

अक्षय फेरी राउडी बन्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *