सलमानले अर्काे ईद पनि गरे बुक , २७ बर्ष कान्छी नायिकासंग रोमान्स

बलिउड नायक सलमान खानलाई इद निकै फाप्ने गरेको छ । त्यसैले पनि उनी हरेक बर्ष आफनो फिल्म ईदमा नै रिलिज गर्ने गर्छन् । उनको फिल्म दर्शकहरुका लागि राम्रो ईदी बन्ने गरेको छ भने सलमानलाई पनि दर्शकहरुले राम्रो ईदी दिने गरेका छन् । किनकी उनीहरुले सलमानको फिल्म भरपुुर्ण साथ दिने गर्छन् । यस बर्ष पनि ईदलाई लक्ष्ति गरेर बुधबारबाट फिल्म भारत रिलिज भईरहेको छ । फिल्मलाई मिश्रित प्रतिक्रिया मिलिरहेको भए पनि दर्शकहरुले फिल्मलाई हेरिरहेका छन् । पहिलो दिन ४२.३० करोड कलेक्सन गरेको फिल्मले दोस्रो दिनमा ३१ करोड कलेक्सन गरेको छ ।

सलमानको यो फिल्म हिट होला नहोला त्यो आफनै ठाँउमा छ तर सलमानको यस फिल्मले आफनै पनि रेकर्ड तोडेको छ भने यस बर्षके सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ । भारत रिलिज भएसंगै सलमानको अर्काे फिल्म पनि ईदमा रिलिज गर्ने घोषणा गरिएको छ फिल्म हो इंशाअल्लाह । ईदमा सलमानले बलिउडमा एकाधिकार नै जमाएको जस्तो भएको छ किनकी उनी आफनो फिल्म सकेसम्म ईदमा नै रिलिज गर्ने गर्छन् । इंशाअल्लाह पनि त्यही नियममा परेको छ । यो फिल्म फ्लोमार नजादै चर्चामा रहेको छ कारण फिल्ममा सलमानले आफु भन्दा कान्छी नायिका आलिया भट्टसंग स्क्रिन सेयर गर्दैछन् ।

फिल्मलाई संजय लिला भन्सालीले निर्देशन गर्ने भएका छन् । सलमानले यसअघि पनि संजयसंग खामोसी , हम दिल देचुके सनम लगायतका हिट फिल्म र सावरियामा पनि काम गरिसकेका छन् आलियाले भने पहिलो पटक सलमान र संजयसंग काम गर्न लागिरहेकीछिन् । यता सलमानले आफु भन्दा २७ बर्ष कान्छी नायिकासंग रोमान्स गर्न लाग्दा दर्शकहरु यस फिल्मको प्रतिक्षा अहिलेबाट नै गरिरहेका छन् । फिल्मलाई सलमान र संजयले संयुक्तरुपमा निर्माण गर्न लागिरहेका छन् ।

 

 

Read Previous

टंकको नयाँ गीतमा अशोक दर्जीदेखि ‘टिकटक’ भाईरल एभलिनासम्म (भिडियो सहित)

Read Next

‘वीर विक्रम २’ प्रकरण :- मिम नेपालका २ जना प्रक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *