टंकको नयाँ गीतमा अशोक दर्जीदेखि ‘टिकटक’ भाईरल एभलिनासम्म (भिडियो सहित)

कुनै समय बाटो बाटोमा गीत गाउँदै हिड्ने अशोक दर्जी यतिबेला सेलिब्रेटी नै भईसकेका छन् । उनलाई संरक्षण दिएका संगितकार टंक बुढाथोकीले उनलाई मन बिनाको धन ठुलो गीत गाउन लगाएपछि दुबै जना रातारात चर्चामा आए । टंकले यसअघि पनि फिल्म तथा अन्य विधाका गीतहरुमा चर्चित संगित दिए तापनि यस गीतले उनको बलियो इमेज दियो । यी दुईले केही समय अगाडीमात्र चौरीको चाम्रो छुर्पी गीत गाएका थिए । फेरी पनि टंकले नयाँ गीत सार्वजनिक गरेका छन् ।

सिम्पल डिम्पल बोलको उक्त गीतमा टंकलाई कबिता सिवाकोटीले साथ दिएकीछिन् । भिम बिष्ट शिरिसको शब्द र संगितमा रहेको उक्त भिडियोमा भने अशोक , एआर बुढाथोकी टिकटक क्वीन एभलिना खड्का , चर्चित बाल डान्सर दिक्षा ठकुरी , सुनिल क्षेत्री र अलिशा शर्मा फिर्चड रहेका छन् । भिडियोमा कोरियोग्राफी सुनिल क्षेत्रीको रहेको छ भने निर्देशन टंक बुढाथोकीले गरेका छन् ।

 

 

Read Previous

नायक सुदर्शनलाई प्रक्राउ गर्न क्यानेडियन प्रहरीको सहयोग माग

Read Next

सलमानले अर्काे ईद पनि गरे बुक , २७ बर्ष कान्छी नायिकासंग रोमान्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *