नायक सुदर्शनलाई प्रक्राउ गर्न क्यानेडियन प्रहरीको सहयोग माग

लोकप्रिय नायिका रेखा थापाको फिल्म हिम्मतवाली फिल्मबाट डेब्यु गरेका नायक सुर्दशन गौतममाथि लामो समयदेखि मानव तस्करीको आरोप लाग्दै आएको छ । उनले अमेरिका पठाईदिने भन्दै अवैध तरिकाले लाने गरेको खुलासा भएको थियो । दुई वर्षअघि मात्र सुदर्शनकै समूहले तीन युवतीलाई कलाकार बनाएर हाइटी पुर्याइएको थियो । दिल्लीबाट रसिया, स्पेन, बोगोटा, डोमेनिकन रिपब्लिका हुँदै हाइटी लगिएको थियो । हाइटीमा एक कम्पनी खडा गरी सिनेमाको सुटिङका लागि भनेर उनीहरूलाई सहजै त्यहाँसम्म पुर्याइएको थियो

उनले अबैध रुपमा लगेका कतिपय नेपालीहरुको बाटोमा नै मृत्यु भएको थियो भने कति महिनौँ दिनसम्म अलपत्र गरेका थिए । उनीहरुको उद्धार गरी नेपाल फकाईएको थियो । त्यसपछि सुदर्शनको मानव तस्करी धन्दाको भण्डाफोर भएको थियो । हाल क्यानडामा बस्दै आएका सुदर्शनलाई प्रक्राउ गर्न रेड कर्नर नोटिससमेत जारी भईसकेको छ ।

१० महिनादेखि नेपाल प्रहरीको फरार सूचीमा रहेका सुदर्शनलाई प्रक्राउ गर्न नेपाल प्रहरीले क्यानेडियन प्रहरीको सहयोग मागेको छ । उनलाई पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरीले क्यानेडियन प्रहरीसँग सहयोग मागेको हो । करेन्टको कारण दुवै हात गुमेपछि खुट्टाले लेखर उच्च शिक्षा हासिल गरेका सुदर्शनले सगरमाथाको समेत सफल आरोहण गरिसकेका छन् । छोटो समयमा चर्चा कमाउन सफल भएका सुदर्शनको मानव तस्करीको धन्दा खुलेपछि उनको आलोचना भएको थियो ।

Read Previous

“गलबन्दी” गायकलाई आइजिपी खनालको सप्राईज फोन

Read Next

टंकको नयाँ गीतमा अशोक दर्जीदेखि ‘टिकटक’ भाईरल एभलिनासम्म (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *