“गलबन्दी” गायकलाई आइजिपी खनालको सप्राईज फोन

नेपाली लोक गीत संगित नेपालको मौलिक संस्कृती हुन् । आधुनिकता छाएसंगै मौलिक लोक गीत संगित यतिबेला लोप हुने अवस्थामा रहेका छन् । आजभोलीका लोक तथा दोहोरी गीत संगीतमा आधुनिकताको नाममा पाश्च्त्य शैली पनि देखिन थालेको छ । यस्तोमा चर्चित गायक तथा लय संकलक प्रकास सपूतले गीत ल्याए गलबन्दी । केही समय अगाडी बोल माया ल्याएर दर्शक तथा श्रोताहरुको मन जितेका प्रकासको गलबन्दी पनि उतिकै मन पराईएको छ । बालबालिका देखि बृद्धबृद्धा सम्मको मुखमा यतिबेला यो गीत झुण्डिएको छ । मौलिक भाकामा निर्माण गरिएको उक्त गीतमा प्रकाश सपतुकै शब्द र संगित रहेको छ भने आवाजमा उनलाई शान्ती श्री परियारले साथ दिएकीछिन् ।

भिडियोमा नेपालमा परम्परागत रुपमा रोधी बस्ने चलनलाई हु बहु प्रस्तुत गरिएको छ । मौलिक लोक भाका तथा पुरानो लोक कथालाई समाबेश गरी निर्मँण गरिएको भिडियो पनि दर्शकहरुले रुचाईरहेका छन् । युट्युवमा पनि यो गीत ट्रेन्डिङको नम्बर वानमा छ । भिडियोलाई ८१ लाख भन्दा बढिले हेरिसकेका छन् । गीतको लोकप्रियता यति बढ्योकी गायक प्रकासलाई नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले फोन गरेरै बधाई दिएका छन् । खनालले “गलबन्दी” जस्तो मौलिक गीत पस्केकोमा उनलाई बधाई दिँदै निरन्तरताको लागि शुभकामना दिएका हुन् ।

प्रकासले यसबारेमा स्टाटस लेख्दै जानकारी गराएका हुन् । उनले लेखेका छन् “गलबन्दी शब्द संगितले मात्रै भन्दा पनि यसको मौलिक र स्वभाविक प्रस्तुतीकरणले मन पराइएको हो र अन्ततस् नेपालीलाई नेपालीपन नै मन पर्ने रैछ भन्ने कुरा गीत संगित, चलचित्र, साहित्य सबैतिर पुनर्विचार हुन थालेको छ । हामीले कुनै पनि हालतमा त्यो विश्वासलाई बिच्कन दिनुहुन्न है” ।

यस्तो छ प्रकास सपूतको स्टाटस
म जहाँ पुगेको छु त्यहा केबल “गल्बन्दी” को सफलताको चर्चा मात्रै भएको छैन लोक संगित र मौलिकताको सवाल समेत दरो गरि उठेको छ । विभिन्न पेशामा आवद्द नेपाल भित्र र बिश्व भरि बाट धेरै नेपालीहरुले हाम्रो लागि हाम्रै गित निकाल्नु भएकोमा धन्यबाद भन्दै लामो लामो म्यासेज गर्नु भएको छ ।हिजो मात्रै यसअघि पर्सनल्ली चिनजान नभएको भएपनि आईजिपि सर्वेन्द्र खनाल ज्युले प्रत्यक्ष फोन नै गरेर राम्रो र मौलिक गीत पस्कनु भएकोमा धन्यबाद दिँदै यसलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो ।

यो एउटा उदाहरण मात्रै । जो यसअघि लोकदोहोरी गीतका नियमित पारखी होइनन् उनीहरुको समेत यता रुचि बढेको छ। यो पर्सनल्ली मेरो र बोलमायार गल्बन्दी टिमको भन्दा पनि समग्र लोक संगितकर्मी लागि सुखद कुरा हो जस्तो लाग्छ । गल्बन्दी शब्द संगितले मात्रै भन्दा पनि यसको मौलिक र स्वभाविक प्रस्तुतीकरणले मन पराइएको हो र अन्तत: नेपालीलाई नेपालीपन नै मन पर्ने रै’छ भन्ने कुरा गीत संगित, चलचित्र, साहित्य सबैतिर पुनर्विचार हुन थालेको छ । हामीले कुनै पनि हालतमा त्यो विश्वासलाई बिच्कन दिनुहुन्न है ।

 

 

Read Previous

परमिता बनिन् गायिका , भिडियो बन्यो हलिउड शैलीमा (भिडियो सहित)

Read Next

नायक सुदर्शनलाई प्रक्राउ गर्न क्यानेडियन प्रहरीको सहयोग माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *