परमिता बनिन् गायिका , भिडियो बन्यो हलिउड शैलीमा (भिडियो सहित)

नेपाली सिनेमा क्षेत्रमा चपली हाईट २ फिल्ममार्फत बोल्ड अवतारमा भित्रिएकी नायिका परमिता राणा फेसनको दुनियाँबाट पर्दामा आएकी हुन् । चपलाी हाईट २ , चंगा चेट र रोज जस्ता फिल्महरुमा अभिनय गरिसकेकी यी नायिकाको युवा भन्दा युवती फ्यानहरु बढि छन् । उनको सुन्दरता र फेसन सेन्समा युवतीहरु भुतुक्क हुने गर्छन् । तथापी उनले सिनेमा क्षेत्रमा आसातित सफलता भने पाउन सकेकी छैनन् । अभियन मात्र होईन परमितालाई गीत गाउन पनि निकै मन पर्छ ।

उनले केही कार्यक्रमहरुमा गीत गाईसकेकीछिन् तर औपचारिकरुपमा भने उनी गायिकाको रुपमा पनि दर्शक तथा श्रोतामाझ आएकीछिन् । उनले गायनमा पनि डेब्यु गर्दै आफनो गीत सार्वजनिक गरेकीछिन् । क्वीन बोलको उक्त गीतमा पिरोको शब्द र संगित रहेको छ । वेस्ट्रन शैलीमा गाएको उक्त गीतको भिडियोमा परमिता निकै सुन्दर देखिएकीछिन् । भिडियो हलिउड शैलीमा निर्माण गरिएको छ जसलाई सिल्कले निर्देशन गरेका छन् ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

 

 

Read Previous

‘भारत’ रिलिज नरोकिएपछि दिपकराजको कडा व्यंग्य

Read Next

“गलबन्दी” गायकलाई आइजिपी खनालको सप्राईज फोन

Leave a Reply

Your email address will not be published. Required fields are marked *