‘भारत’ रिलिज नरोकिएपछि दिपकराजको कडा व्यंग्य

नेपाली सिनेमा क्षेत्रले बिस्तारै बिकास गरिरहेको अवस्था छ । युवाहरुको यसमा आर्कषण बढेसंगै नेपाली फिल्म हेर्ने दर्शकहरु पनि बढेका छन् । तर पनि ती दर्शकहरु नेपाली फिल्मी क्षेत्रको बिकास र बिस्तारका लागि पर्याप्त अझै छैनन् । त्यसमाथि पनि मल्टीप्लेक्स , क्युएफएक्स लगायतका हलहरुले नेपाली भन्दा बिदेशी फिल्महरुलाई बढि प्राथामिकता दिँदा नेपाली फिल्म मेकरहरु निरास हुने गरेका छन् । उनीहरु बिदेशी फिल्महरुलाई प्रतिबन्ध लगाउनु पर्छ भन्दै भन्दैनन् तर प्राथामिकता नेपाली फिल्मलाई चाही होस भन्ने चाहान्छन् जुन जायज पनि छ । तर नेपाली फिल्महरुलाई बेवास्ता गर्दै हलिउड र बलिउडका फिल्म चलाउन तम्सिने हल मालिक र बितरकहरुका कारण फिल्मकर्मीहरु नै निरास र आक्रोसित हुँदै आएका छन् ।

यसबीच सलमान खानको फिल्म भारतलाई बुधबार रिलिज रोक्न निकै कसरत गरिएको थियो तर बितरक मनोज राठीले अदालतको ढोका ढकढकाएपछि काठमाडौं जिल्ला अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न भन्दै चलचित्र विकास बोर्डलाई भारत फिल्म बुधबार नै रिलिज गर्न दिन आदेश भयो । जबकी नेपालमा शुक्रबार मात्र फिल्म रिलिज गर्ने चलन छ । यसअघि बिकास बोर्डले कलंक फिल्मको पनि रिलिज रोक्दै शुक्रबार मात्र पर्दामा ल्याएको थियो तर भारतको हकमा भने त्यस्तो भएन ।

नेपाली फिल्मको माया नगरी बितरकहरु नेपाली फिल्महरुलाई एक आपसमा जुधाँउछन् जसले गर्दा निर्माताहरु रुन मात्र सक्दैनन् तर बिदेशी फिल्म रिलिज गर्नका लागि बितरक र हल मालिकहरुको दौडधुप देखेर फिल्मकर्मीहरु अचम्मित भएका छन् । यसबीच चर्चित निर्माता , लेखक एवं कलाकार दिपकराज गिरीले बितरकहरुलाई कडा प्रहार गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत व्यंग्य गर्दै भारत फिल्म रिलिज गर्न पाउदा खुसी भएका बितरक र हलमालिकहरुप्रति व्यंग्य कसेका हुन् । उनले लेखेका छन् “अदालतको आदेशले, हलहरूको कृपाले, वितरकहरूको तिकडमले फिल्मले हल त कब्जा गर्ला, तर दर्शक कहाँबाट ल्याउने ?” भारत बुधबार नै रिलिज गर्न बितरक अदालत धाएपछि उनले असन्तुष्टी व्यक्त गरेका हुन् । रोचक कुरा त के छ भने उनले जुन बितरकलाई व्यंग्य गरिरहेका छन् ती व्यक्ति नै छक्का पञ्जा सिरिजका बितरक थिए ।

 

Read Previous

“भारत”को फस्ट डे कलेक्सन यस्तो , राख्यो नयाँ रेकर्ड

Read Next

परमिता बनिन् गायिका , भिडियो बन्यो हलिउड शैलीमा (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *