“भारत”को फस्ट डे कलेक्सन यस्तो , राख्यो नयाँ रेकर्ड

बलिउड नायक सलमान खानको फिल्म भनेपछि आजभोली त्यसको निकै प्रतिक्षा र चर्चा हुने गर्छ । यसबीच हिजोबाट उनको नयाँ फिल्म भारत ईदलाई लक्ष्ति गर्दै रिलिज भएको छ । फिल्मलाई समिक्षकहरुले सकरात्मक प्रतिक्रिया दिएका छन् भने दर्शकहरुले मिश्रित । सलमानको फिल्म भनेपछि प्रतिक्रिया कस्तो भन्दा पनि फिल्मले कति कलेक्सन ग¥यो भनेर चर्चा परिचर्चा हुने गर्छ । पछिल्लो पटक ट्युवलाईटको असफलता र रेस ३ ले आसातित कलेक्सन गर्न नसक्दा उनको स्टारडममाथि नै प्रश्न उठेको थियो । सोही कारण पनि भारत उनको लागि महत्वपुर्ण फिल्म मानिएको थियो । इदमा रिलिज भएको भारत सलमानको तर्फबाट दर्शकलाई राम्रो ईदी साबित भएको छ भने दर्शकबाट पनि सलमानले राम्रो ईदी पाएका छन् । किनकी फिल्मले पहिलो दिन यस बर्षकै ठुलो कलेक्सन गर्न सफल भएको छ ।

 

फिल्मले पहिलो दिन ४२.३० करोड कलेक्सन गर्न सफल भएको छ । भारतका चर्चित टे«ड एनालिस्ट तरण आर्दशका अनुसार भारतले पहिलो दिन ४२.३० करोड कलेक्सन गरेको हो जुन यस बर्षकै ठुलो कलेक्सन हो । जबकी यसअघि कलंकले २१.६० करो , केशरीले २१.०६ करोड , गलीव्योईले १९.४० करोड र टोटल धमालले १६.६० करोड कलेक्सन गरेको थियो । यी कलेक्सनहरु हेर्दा भारतको कलेक्सन भयंकर हो । त्यतीमात्र होईन भारत सलमानको करियरको लागि नै पहिलो दिन सर्वाधिक कलेक्सन गर्ने फिल्म बनेको छ । जबकी प्रेम रतन धन पायोले ४०.३५ करोड , सुल्तानले ३६.५४ करोड र टाईगर जिन्दा हैले ३४.१० करोड कलेक्सन गरेको थियो ।

यसबाट पनि पुष्टी हुन्छ की सलमान बलिउड बक्सअफिसका किंग नै हुन् । तर उनले आमिरको ठग्स अफ हिन्दुस्तानको रेकर्ड भने तोड्न सकेनन् । आमिरको उक्त फिल्मले पहिलो दिन ५२.२५ करोड कलेक्सन गर्न सफल भएको थियो । फिल्मले अझै कलेक्सन बढाउने अनुमान गरिएको छ । सलमानले आफना हरेक फिल्महरु ईदमा रिलिज गर्दै आईरहेका छन् जुन सफल पनि भएका छन् । फिल्ममा सलमानसंगै कैटरिना कैफ , दिशा पटानी , ज्याकी श्रृफ लगायका कलाकारहरु रहेका छन् । फिल्मलाई अलि अब्बास जफरले निर्देशन गरेका हुन् ।

 

Read Previous

ऋतिक र टाइगर एकसाथ पर्दामा , फिल्मको नाम तय

Read Next

‘भारत’ रिलिज नरोकिएपछि दिपकराजको कडा व्यंग्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *