ऋतिक रोसनको “सुपर ३०” ट्रेलर रिलिज (भिडियो सहित)

बर्षमा एउटा मात्र फिल्म खेल्ने घोषणा गरेका नायक हुन ऋतिक रोसन । बलिउडमा चर्चित नायकको रुपमा आफुलाई स्थापित गरेका ऋतिक २ बर्षको समयअन्तराल पछि पर्दामा देखिँदैछन् । काबिलको सफलतापछि ऋतिकको सुपर ३० फिल्म रिलिजको तयारीमा रहेको छ । जुन फिल्मको ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा उनी शिक्षकको भुमिकामा देखिएका छन् । बिहारका चर्चित शिक्षक आनन्द कुमारको जीवनमा आधारित यस फिल्ममा उनी मुख्य भुमिकामा रहेका छन् ।

ट्रेलरबाट नै अनुमान लगाउन सकिन्छ की उनले सुपर ३० का लागि कति मेहनत गरेका छन् । ट्रेलर हेरेपछि ऋतिकको यस फिल्म बक्सअफिसमा धुम मच्चाउने विश्लेषण भईरहेको छ । फिल्मलाई लिएर ऋतिक निकै उत्साहित छन् । आनन्द कुमार बिहारका यस्ता व्यक्ति हुन जसले गरिब तथा पिछडिएका वर्गका विद्यार्थीलाई आईआईटीको परिक्षा पास गर्न योग्य बनाएका थिए ।

जसको संस्था सुपर ३० ले रेकर्ड समेत बनाएको थियो । फिल्ममा टेलिभिजनको दुनियाँमा बुलबुलको नाम परिचित मृणाल ठाकुरले ऋतिकको नायिकाको रुपमा स्क्रिन सेयर गरेकीछिन् । बिकास बहलले निर्देशन गरेको यो फिल्म जुलाई १२ मा रिलिज हुँदैछ ।

Read Previous

भुवनसंग रीमाको जोडी

Read Next

आनी छोइङको १५ करोड शंकास्पद भन्दै रोक्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *