सलमानको फिल्म नेपाल रिलिज रोक्न असफल

बलिउडका चर्चित नायक सलमान खानको बहुप्रतिक्षित फिल्म भारत जुन ५ मा रिलिज हुँदैछ । सलमान खान , कैटरिना कैफ , दिशा पटानी लगायतका कलाकारहरुको अभिनय रहेको भारत फिल्मको नेपाल रिलिजमा रोक लगाउँने प्रयास असफल भएको छ । वास्तवमा फिल्महरु नेपालमा दशै तिहारबाहेक शुक्रबारमात्र रिलिज गर्ने नियम रहेको छ । जबकी भारत फिल्म बुधबार रिलिज हुँदैछ । सोही कारण सलमानको यो फिल्म बुधबार नभई शुक्रबार मात्र रिलिज गर्न भनेर चलचित्र विकास बोर्डले रोक लगाएको थियो । उक्त रोकको बिरुद्ध वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जिल्ला अदालत काठमाण्डौंमा रिट दायर गरेको थियो ।

जुन रिटको सुनुवाई गर्दै अदालतले भारतलाई बुधबार नै रिलिज गर्न दिने निर्णय सुनाएको छ । फिल्मलाई निर्धारित मितीमा नै रिलिज गर्न अदालतले चलचित्र विकास बोर्डको नाममा अन्तरिम आदेश दिएको हो । अदालतको आदेशपछि अब सलमानको भारत बुधबार नै रिलिज हुने भएको छ । अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न समेत चलचित्र विकास बोर्डलाई सचेत तुल्याएको छ । अदालत आदेशको प्रति सम्भवतः मंगलबार कार्यालय समयमा बोर्ड अध्यक्ष केशव भट्टराई सामु पुग्नेछ ।

अदालतको आदेशपछि अब अन्य समयमा पनि शुक्रबारबाहेक दिनमा फिल्म रिलिज हुन सक्नेछन् । अदालतको यो आदेशले फिल्म शुक्रबार मात्र रिलिज गर्ने बोर्डको योजनामा गम्भिर धक्का लागेको विश्लेषण भएको छ । स्मरण रहोस बिकास बोर्डको अध्यक्षमा भट्टराई निर्वाचित भएसंगै उनले बोल्ड निर्णय लिँदै कंलकलाई पनि निर्धारित मितीमा रिलिज गर्न रोक लगाएका थिए । कंलक १७ अप्रिलमा रिलिज भएको थियो जबकी यो फिल्म एक हप्तापछि मात्र नेपालमा रिलिज भएको थियो ।

 

Read Previous

कञ्चना २:-रिसाएर फिल्म छाडेका राघवलाई अक्षयले फकाएरै छाडे

Read Next

जब महानायक हुम्ली बने (तस्बिर सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *