कञ्चना २:-रिसाएर फिल्म छाडेका राघवलाई अक्षयले फकाएरै छाडे

साउथ फिल्ममा हरर विधामा सबैभन्दा रुचाईएको फिल्म कञ्चना २ को हिन्दी रिमेक निर्माणको क्रममा रहेको छ । जुन फिल्ममा अक्षय कुमार मुख्य नायकको भुमिकामा देखिँदैछन् । कञ्चना २ मा राघव लोरेन्स , तपसी पन्नु लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको थियो । जुन फिल्म सुपरहिट भएको थियो । सोही फिल्मको हिन्दी रिमेक ‘लक्ष्मी बम’ मा अक्षय कुमार देखिँदैछन् । फिल्मलाई राघव लोरेन्सले नै निर्देशन गर्ने भएका थिए । केही दिन अघि मात्र फिल्मको पोस्टर पनि आउट गरिएको थियो । जुन पोस्टरमा अक्षय ट्रान्सजेन्डरको भुमिकामा देखिएका थिए । यता फिल्मको पोस्टर पनि आउट भएलगत्तै उनले अक्षयको फिल्मबाट हात झिकेका थिए ।

उनले आफुसंग कुनै पनि सल्लाह नै नगरी फिल्मको पोस्टर सार्वजनिक गरेको भन्दै नाम र दाम भन्दा पनि ठुलो आत्मसम्मान हुन्छ भनेर फिल्मबाट हात झिकेका थिए । अक्षयको फिल्मबाट राघवले हात झिकेसंगै अक्षय कुमार तनावमा परेका थिए । किनकी कञ्चना २ को रिमेक यदि कसैले राम्रोसंग बनाउँन सक्थे भने त्यो राघव नै थिए । अक्षयले यस कुरालाई राम्रोसंग बुझेका थिए । त्यसैले उनले राघवलाई फिल्ममा फेरी ल्याएका छन् । रिसाएर हिडेका राघवलाई अक्षले फकाएर फिल्ममा फेरी भित्राएका हुन् ।

फिल्ममा आवद्ध भएसंगै राघवले ट्वीट गर्दै अक्षयलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन् “म तपाईलाई जानकारी दिन्छु की तपाई चाहानु हुन्थ्यो की म लक्ष्मी बममा निर्देशकको रुपमा पुन : प्रबेश गरु । मेरो भावनालाई बुझेर सबै समस्या हटाउँनका लागि अक्षय सरलाई धेरै धेरै धन्यवाद । साथै मेरो निर्माता शबिना खानलाई पनि धन्यवाद । मलाई सम्मान दिनका लागि दुबैलाई धन्यवाद । अक्षय सरको फिल्मको हिस्सा बन्न पाउँदा म निकै खुसी छु” ।

Read Previous

बर्षाको पहिरन बिवादपछि संजोगको रियाक्सन

Read Next

सलमानको फिल्म नेपाल रिलिज रोक्न असफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *