बहिनीलाई नराम्रो भनेपछि कैटरिनासंग रिसाईन सोनम , यसरी दिईन् जवाफ

बलिउडमा नायिकाहरु एकदम मिल्ने साथी भएको देख्न कमै पाईन्छ । प्रत्यक्ष होस वा अप्रत्यक्ष उनीहरुबीच क्याट फाईट भएकै हुन्छ । त्यहाँ नायकहरुको मित्रता बरु टिकेको देखिन्छ तर नायिकाहरुको मित्रता भने खासै टिकेको देखिन्दैन । त्यसैले पनि कोही नायिका अन्य नायिकाहरुको बारेमा हत्तपत्त कमेण्ट गर्न पछि पर्दैनन् । जसले बलिउडमा ठुलो गसिप नै बन्ने गर्छ । यसैबीच कैटरिनाको एउटा अभिव्यक्तिले यतिबेला सोनम कपुर रिसाएकीछिन् । कैटरिनाले नेहा धुपियाको एक टक शोमा पुगेर जान्ह्वी कपुर ( सोनमको ठुलो बुवाको छोरी) को बारेमा नकरात्मक टिप्पणी गरेपछि उनी रिसाएकी हुन् ।

नेहाले कट्रिनालाई सोधेकी थिईन् की त्यस्ता सेलिब्रिटीको नाम भन जसले जिम र वर्कआउट लुकको मामिलामा हद पार गर्छन् । जवाफमा  कैटरिनाले भनेकी थिईन्  जान्ह्वी कपुरले जिममा आउँदा निकै छोटो कपडा लगाएर आउँछिन् जुन देखेर मलाई निकै चिन्ता लाग्छ । कैटरिना दिएको यस्तो जवाफमा सोनमलाई चित्त नबुझेपछि उनले कैटरिनालाई प्रत्यक्ष होईन अप्रत्यक्षरुपमा जवाफ दिएकी हुन् । उनले आफनो इस्टाग्राममा जान्ह्वीको तस्बिर सेयर गर्दै लेख्छन् “उनी रेगुलर कपडा पनि लगाउँछिन् र उनी त्यसमा निकै राम्री देखिन्छिन्” । कैटरिनाको जवाफमा सोनमलाई चित्त नबुझेपछि उनले कैटरिनालाई जवाफ पनि दिईन र आफनो बहिनीको समर्थनमा पनि आईन् ।

 

Read Previous

स्वेताको फिल्म प्रियंकाको पोल्टामा

Read Next

प्रितम र आयुष “सारेगमप” को फाईनलमा प्रबेश , चम्काए नेपालको नाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *