को हो चिन्नु भयो ?

सेलिब्रेटी भएकै कारण उनीहरुको सानो सानो गतिविधीहरुको पनि खुबै चासो र चर्चा हुने गर्छ । उनीहरुको बाल्यकाल , के खान्छन् के लगाउँछन् यी सब कुराहरुमा उनीहरुका फ्यानहरुले निकै चासो देखाउँने गर्छन् । त्यसैले पनि आफना फ्यानहरुका लागि त कहिले काही आफनो जीवनको पलहरुको खुसी बाड्नका लागि सेलिब्रेटीहरु आफनो जीवनको किस्साहरु खोल्ने गर्छन् । यसबीच चर्चित एवं लोकप्रिय नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले पनि आफनो एक बाल्यकालको तस्बिर सेयर गर्दै आफनो बालापनलाई स्मरण गरेकीछिन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय साम्राज्ञीले उक्त तस्बिर पोस्ट गरेपछि उनका फ्यानहरुले विभिन्न प्रतिक्रियाहरु दिईरहेका छन् । वास्तविक नाम प्रियंका भएकी साम्राज्ञीले बेला बेला आफनो मिठा याँदहरु बोकेका तस्बिरहरु सेयर गर्दै रमाउँने गर्छिन् । भर्खरै मात्र मारुनीको सुटिङ सकेर उनी रातो टिका निधारमाको काममा व्यस्त रहेकीछिन् ।

 

Read Previous

रोड साईड मोमो खान ज्याक्लिनको यस्तो हर्कत

Read Next

सनीको नेपाली आईटम गीत जेठ २० मा आउँने

Leave a Reply

Your email address will not be published. Required fields are marked *