रोड साईड मोमो खान ज्याक्लिनको यस्तो हर्कत

सेलिब्रेटी स्टार भईसकेपछि उसले जीवनमा नाम र दाम दुबै कमाउँछन् । गुमाउँछन् भने त्यो हो स्वतन्त्रता । आफनो क्रेज र फ्यानहरुबाट हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्नका लागि पनि सेलिब्रेटीहरुले आफनो सामान्य नागरिक जस्तो जीवन जिउँने अवसरबाट बञ्चित हुने गर्छ । आम नागरिक जसरी हिडँडुल गर्न उनीहरुलाई निकै कठिन हुन्छ । हिडे हाले पनि कसैले नचिन्ने गरी हिड्नु पर्ने हुन्छ । यस्तै गर्न बाध्य भएकीछिन् बलिउड नायिका ज्याकलिन फर्नाडिजले पनि ।

उनी रोड साईड मोमो खानका लागि उनी मुखै ढाकेर कसैले नचिन्ने गरी गएकी हुन् । रोड साईड त्यसमा पनि मोमो खान भनेपछि भुतुक्क हुने ज्याक्लिनले मोमो खानका लागि नै कसैले नचिन्ने गरी होटल पुगेकी हुन् । नीतालमा सुटिङ भएको बेला उनी रोड साईड मोमो खान त्यस्तो जुक्त्ती निकालेकी हुन् । सामाजिक सञ्जालमाफर्त तस्बिरहरु पोस्ट गर्दै उनले आफनो लेडी ग्याङसंग निकै इन्जोय गरेको उल्लेख गरेकीछिन् ।

 

Read Previous

असहायहरुका लागि बस्ती बसाल्ने अभियानमा अन्जु पन्त

Read Next

को हो चिन्नु भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *