“बोल माया” पछि “गलबन्दी”ले जित्यो दर्शकको मन (भिडियो सहित)

पछिल्लो समय नेपाली लोकसंगीतको क्षेत्रमा समयको माग भन्दै केही परिवर्तित रुपमा आएका लोक तथा दोहोरी गीतहरुले नेपाली दर्शक तथा श्रोताहरुको मन जिति नै रहेको छ । तथापी ती गीतहरुले नेपालको लोक तथा दोहोरी गीतहरुको मौलिकता र मर्मलाई भने जिवन्त राख्न सकिरहेका छैनन् । यसबीच चर्चित गायक , लय संयोजक तथा रचनाकार समेत रहेका प्रकाश सपुतले अर्काे नयाँ गीत लिएर आएका छन् । बोल मायाको अपार सफलतापछि सार्वजनिक भएको गीत गलबन्दी पनि केही दिनमा नै चर्चाको शिखरमा पुगेको छ ।

मौलिक भाकामा निर्माण गरिएको उक्त गीतमा प्रकाश सपतुकै शब्द र संगित रहेको छ भने आवाजमा उनलाई शान्ती श्री परियारले साथ दिएकीछिन् । गीत सार्वजनिक भएको ४ दिनमै २३ लाख भन्दा बढिले हेरिसकेका छन् भने यतिबेला सबैको मुखमा गलबन्दी नै झुण्डिएको छ । त्यतीमात्र होईन टिकटकमा समेत यो गीत हिट बनिरहेको छ । हाल यो गीत युट्युव ट्रेण्डिङको दोश्रो स्थानमा रहेको छ । गीतको भिडियो पनि राम्रो बनेको छ । गीतको भिडियोमा प्रकाश सपुत र अञ्जली अधिकारीको अभिनय रहेको छ ।

भिडियोमा नेपालमा परम्परागत रुपमा रोधी बस्ने चलनलाई हु बहु प्रस्तुत गरिएको छ । मौलिक लोक भाका तथा पुरानो लोक कथालाई समाबेश गरी निर्मँण गरिएको भिडियो पनि दर्शकहरुले रुचाईरहेका छन् । बोल मायाको भिडियोमा श्रीमान मरेको कथालाई देखाईएको छ भने गलबन्दी भिडियोमा अञ्जलीले जन्म दिएको सन्तान छोरालाई आफनो प्रेमको बारेमा बताउँछिन् । अन्त्यमा छोरालाई समेत गाउँले लखेटन्छन् । आखिर गाउँले छोरालाई किन लखेटे यसको लागि बोल माया २ को प्रतिक्षा गर्न भनिएको छ ।

 

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

 

 

 

 

Read Previous

अन्तत: अर्जुनद्वारा मलाइकासंगको सम्बन्ध स्वीकार

Read Next

कान्सबाट फर्किएकी प्रियंका भन्छिन् “कुनै हिन्नताबोध छैन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *