कान्समा प्रियंका :-“हात्ती आयो हात्ती आयो फुस्सा”

नेपाली सिनेमा क्षेत्रकी चर्चित नायिका प्रियंका कार्कीको चर्चा कान्स फिल्म फेस्टिवलमा पुगेपछि झनै चुलिएको थियो । कान्समा उनले लगाएको पहिरनलाई लिएर पनि विभिन्न खाले टिकाटिप्पणीहरु भए । उनको सकरात्मक र सकरात्मक दुबै खाले चर्चा भए । उनले लगाएका पहिरन र फोटो खिच्ने शैली बलिउड नायिकाद्धय प्रियंका चोपडा र दिपिका पादुकोणसंग मिलेपछि विभिन्न खाले टिकाटिप्पणीहरु भए । तथापी नेपालले पहिलो पटक कान्समा सहभागीता जनाउँने भनिएपछि प्रियंकाको निकै चर्चा भएको थियो त्यसलाई लिएर नेपालीहरु पनि उत्साहित थिए  तर जब रेड कार्पेटका तस्बिरहरु सार्वजनिक भएनन् तब प्रियंकालाई लिएर अर्काे चर्चा सुरु भएको छ ।

धेरैले उनको रेड कार्पेटवाला तस्बिर कुरेर बसेका थिए तर बिडम्बना उनी कान्सको विभिन्न इभेन्टहरुमा सहभागी त बनिन् तर कान्सको मुख्य आर्कषण मानिएको रेड कार्पेटमा नै प्रियंका अटाउँन सकिनन् । कान्समा उनको लागि स्टार जमघट पार्टी र फिल्म स्क्रिनिङमा मात्र सिमित रह्यो । प्रियंकाले जति पनि तस्बिरहरु सेयर गरिन् ती कान्सका इन्डोर पार्टी फोटोमात्र थिए । त्यो पनि मोबाईलबाट खिचिएका । उनले रेड कार्पेटमा तस्बिर त खिचेर राखिन् तर कार्यक्रम नै सकिएपछि पृष्ठभुमि खाली खाली । यसले गर्दा कतिले उनको खिल्लीसमेत उडाए ।  उनलाई रेड कार्पेटमा हेर्न चाहाने दर्शकहरु प्रियंकाका इन्डोरमा खिचिएका तस्बिरहरु मात्र सार्वजनिक हुँदा निरास भए ।

उनी कान्समा रेड कार्पेटकै लागि पनि भन्दै गएकी थिईन् तर त्यस्तो हुन सकेन । अब प्रियंकाले ढाटिन् वा अन्य कुनै कारण त्यो भने उनले नै खुलाउँलिन् । त्यसोत यस पटक प्रियंकामात्र होईनन् हलिउड र बलिउडका कतिपय कलाकारहरुले कान्सको रेड कार्पेटमा हिड्न पाएनन् । जे भए पनि कान्सको रेड कार्पेटमा हिड्ने रहर नत प्रियंकाको पुरा भयो न त हेर्न चाहाने दर्शकहरुको । प्रियंकालाई कान्स हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै भयो ।

 

 

Read Previous

प्रवल गुरुङको प्रेममा करण जौहर ?

Read Next

क्रेजी फ्यानले जब नायिकालाई नै बन्धक बनाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *