“मेमे नेपाल” बिरुद्ध उजुरी गर्न पुगे मिलन चाम्स

जेठ ३ गतेबाट रिलिजमा आएको फिल्म वीर विक्रम २ का निर्देशक मिलन चाम्स आईतबार एका बिहानै महानगरीय प्रहरी चौकी टेकु पुगेका छन् । आफनो फिल्म र कलाकारहरुको बेईज्जत र अपमान गरेको भन्दै उनी प्रहरी चौकी पुगेका हुन् । उनले आफनो फिल्मको समिक्षा नकरात्मक तर अश्लिल अनि भद्धा तरिकाले गरेको र आफनो कलाकारहरुको समेत अपमान र बेईज्जत गरेको भन्दै मेमे नेपाल नामक युटुव च्यानल तथा पेजबिरुद्ध उजुरी दिन उनी प्रहरी चौकी पुगेका हुन् । उनले शुक्रबार नै उजुरी दिएका थिए । उनको उजुरीपछि मेमेका सम्बन्धित व्यक्तिहरु फरार रहेकोले प्रक्राउ पुर्जी समेत जारी भईसकेको बताए । उनले मेमे बिरुद्ध एक करोड सम्मको क्षतिपुर्ति माग गरेका छन् ।

नेपाली सिनेमा क्षेत्रका कलाकारहरुको अपमान नै हुने गरी मेमेले सामाग्रीहरु प्रसारण गरेको भन्दै मिलन चाम्सले उजुरी दिएका हुन् । साथै उनले आफुलाई ब्ल्याकमेल गर्न खोजेको तर चित्त नबुझेपछि फिल्म र कलाकारहरुको बारेमा तथानाम बोलेको फिल्मलाई ध्वस्त बनाउँने षडयन्त्र भएको उनको आरोप छ ।  उनले फिल्मको समिक्षा लागु पर्दाथ खाएर गरेको उनको आरोप छ । साथै उनले समिक्षाको नाममा हतियार देखाएर सीमा नै नाघेको बताए । उनले मेमे अरु कसैबाट परिचालित भएको पनि हुन सक्ने आशंका पनि गरे ।

उनका अनुसार मेमेको उक्त हर्कतबाट अन्य चलचित्रकर्मीहरुले समेत आपत्ति जनाएको उनको भनाई छ । मिलनले नेपाली चलचित्र क्षेत्रलाई नै धरासायी हुने गरी भएको क्रियाकलापको बिरुद्धमा सम्पुर्ण चलचित्र क्षेत्र नै लाग्नु पर्ने आवश्यकता रहेको औँलाए । मिलन चाम्सको उजुरीमा अन्य चलचित्रकर्मीहरुले समेत साथ र समर्थन गरेका छन् । उता मेमेले भने आफुहरुले कुनै गलत काम गरेको दाबी गरेको छ । सामाजिक सञ्जालमाफर्त एक स्टेटमेण्ट नै जारी गर्दै आफुहरुले राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भनेको दाबी गरेको छ । उक्त स्टेटमेण्टमा आफुहरुमाथि यतिबेला निकै दबाबसमेत आईरहेको उल्लेख गरेको छ ।

Read Previous

नेपालकी सिम्पल गरिमा बिदेशमा बोल्ड (तस्बिर सहित)

Read Next

प्रवल गुरुङको प्रेममा करण जौहर ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *