अर्जुन कपुरको फिल्म नेपाल रिलिजमा रोक

बलिउड नायक अर्जुन कपुर स्टारर फिल्म इन्डियाज मोस्ट वान्टेड हिजो शुक्रबारबाट रिलिजमा आएको छ । नेपालको सुन्दर नगरी पोखरामा समेत अधिकांश दृश्य सुट गरिएको यो फिल्म नेपालमा भने रिलिज भएन । चर्चित नेपाली कलाकारहरुको समेत अभिनय रहेको यो फिल्म अन्तिम समयमा आएर रिलिज रोकिएको हो । आखिर किन रोकियो अजुर्नको फिल्मको नेपाल रिलिज ? बुझिए अनुसार फिल्ममा रहेको संवाद र केही दृश्यहरुको कारण उक्त फिल्म नेपालमा रिलिज हुन नसकेको हो । ती संवाद र दृश्यहरुले नेपालको राष्ट्रिय सुरक्षामा नै खतरा पर्न सक्ने भन्दै फिल्मको नेपाल रिलिज रोकिएको हो । फिल्ममा आतंकवादीहरु नेपाल बस्छन् जस्ता संवादहरुको कारण पनि फिल्मको रिलिज रोकिएको हो ।

साथै फिल्ममा नेपाल प्रहरीको पनि भुमिका देखाईएको छ जहाँ पाकिस्तानबाट फोनमा संवाद भएको जस्ता दृश्यहरुको कारण आपत्ति जनाईएको हो । पोखरामा सुटिङ गरिएको यस फिल्मको प्रतिक्षा नेपालमा समेत गरिएको थियो तर फिल्म रिलिज हुन पाएन । इन्डियाज मोस्ट वान्टेड को मुख्य कथा नै भारतमा अपराध गरी फरार आतंककारी नेपाल आएर बसेको र त्यसको खोजी गर्दै भारतीय प्रहरी बनेका अजुर्न नेपाल आउँछन् र नेपाल प्रहरीको साहयतामा उनले भारतको कुख्यात ओसामा प्रक्राउ गर्छन् । जहाँ नेपाललाई आतंककारी बस्ने अड्डाको रुपमा देखाएको भन्दै रिलिज रोकिएको हो ।

फिल्मको कथा सार नै त्यही भएको कारण सम्भवत यो फिल्म नेपालमा रिलिज हुने सम्भावना निकै कम छ । हेर्दै जाउ भोली के हुन्छ ?फिल्ममा चर्चित नेपाली कलाकार रवि गिरी , कलाकार एवं निर्देशक सुवर्ण थापा ,कमलमणी नेपाल लगायतका कलाकारहरु रहेका छन् । फक्स स्टार स्टुडियोले निर्माण गरेको यस फिल्ममा अमृता पुरी , राजेश शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।  फिल्मलाई राज कुमार गुप्ताले निर्देशन गरेका छन् ।

 

Read Previous

दिपक-दीपाको “छ माया छपक्कै” सुरु ,दशैँमा महा भिडन्त

Read Next

नेपालकी सिम्पल गरिमा बिदेशमा बोल्ड (तस्बिर सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *