दिपक-दीपाको “छ माया छपक्कै” सुरु ,दशैँमा महा भिडन्त

छक्का पञ्जाको सिरिज रोक्दै बाहिरी व्यानरको फिल्म निर्माणमा हात हालेका दिपक राज गिरीको फिल्म छ माया छपक्कैको सुटिङ सुरु भएको छ । दिपक र दीपाले पहिलो पटक मुनाफाको ५० प्रतिशत हिस्सा लिने सर्तमा काम गर्न लागिरहेको यस फिल्मको सुटिङ बिहिबारदेखि सुरु भएको हो । गाजुल फेम निर्माता रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भईरहेको यस फिल्ममा दिपक , केकी अधिकारी , केदार घिमिरे, जितु नेपाललगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा पहिलो पटक दिपक र केकीको जोडी बाँधिएको छ ।

४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित भई निर्माण भईरहेको यस फिल्मलाई घामपानी र गोपी फिल्म निर्देशन गरेका दीपेन्द्र लामाले निर्देशन गरिरहेका छन् । जुन फिल्ममा उनलाई दीपा श्रीले पनि सघाउँनेछिन् । फिल्ममा संवाद दिपकको रहेको छ भने उनलाई केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । पटकथा पनि दिपककै रहेको छ । फिल्ममा जितु र केदार कार्यकारी निर्माताको रुपमा रहेका छन् । छ माया छपक्कै आउँदो दशैँमा रिलिज हुँदैछ । जुन समय अशोक शर्माको रातो टिका निधारमा पनि रिलिज हुँदैछ । पुन: दिपक र अशोक शर्माको फिल्मबीच भिडन्त हुने भएपछि सिनेबृतमा त्यस समयको बक्सअफिस भिडन्तलाई लिएर अहिलेबाट नै चर्चा परिचर्चा भईरहेको छ ।

 

Read Previous

गाँउले बनिन् साम्राज्ञी , अंकितसंग यस्तो देखियो जोडी

Read Next

अर्जुन कपुरको फिल्म नेपाल रिलिजमा रोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *