तेरिया मगरलाई गायिका बन्ने रहर (भिडियो सहित)

भारतीय टेलिभिजनबाट प्रसारण भएको “डान्स इन्डिया डान्स र “झलक दिखला जा-९” की बिजेता बनेर नेपाल र नेपालीहरुको नाम चम्काएकी चर्चित डान्सर तेरिया मगरको लोकप्रियता त सबैमाझ जगजाहिर नै रहेको छ । यतिबेला भारतमा बसेर अध्ययन गरिरहेकी उनी अध्ययनसंगै विभिन्न कार्यक्रमहरुमा व्यस्त हुने गर्छिन् । भर्खरैमात्र १० को परिक्षा सकेर नेपाल आएकी उनी मातृ भुमिमा इन्जोई गरिरहेकीछिन् । डान्सबाटै आफनो परिचय बनाएकी तेरियाले आफनो अर्काे कला पनि दर्शक तथा श्रोतामाझ प्रस्तुत गरेकीछिन् ।

उनले गीत गाएर आफना फ्यानहरुलाई सप्राईज नै दिएकीछिन् । उनले श्याम कार्कीको आवाजमा रहेको लोकप्रिय गीत तिम्रो मायाले बाधेर राख लाई रिमेक गरेर गाएकीछिन् । सागर आलेको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त भिडियोमा तेरियाको नयाँ प्रयासको प्रशंसा गरेका छन् । उक्त गीतमा हालसम्म १ लाख भन्दा बढिले हेरिसकेका छन् । केही समय अगाडी उनले नेपाली फिल्ममा काम गर्न लागेको समेत चर्चा थियो तर उनले त्यसको खण्डन गरिसकेकीछिन् ।

हालै मात्र उनी वीर विक्रम २ को प्रिमियर शोमा समेत उपस्थित भएकी थिईन् जहाँ फिल्म खेल्ने बारेमा भनेकी थिईन “मलाई नै थाहा थिएन कि मैले फिल्म गर्दैछु भनेर । अहिले मेरो सबै ध्यान अध्ययनमा छ । तत्काल फिल्म गर्नेबारे सोचे पनि छैन । हेरौं भोलीका दिनमा के हुन्छ” । उनले समय आएपछि फिल्ममा काम गर्ने बताईन् । फिल्म खेल्नु भयो भने कुन एक्टरलाई रोज्नु हुन्छ भन्ने प्रश्नमा भने उनले भनिन् “सबैसंग स्क्रिन सेयर गर्न मन पर्छ । सबैसंग खेल्ने” ।

 

 

 

Read Previous

अशोक शर्मा पुत्र डेब्यु गर्दै , साम्राज्ञीसंग जोडी पक्का

Read Next

रवि लामिछानेले जितेको रकम राष्कोट अस्पताललाई सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *