“पद्मश्री पुरस्कार” सरकारलाई फिर्ता गर्दै सैफअलि

बलिउडका छोटे नवाबको रुपमा चर्चित नायक सैफ अलि खान पनि फिल्मी करियर भन्दा पनि बढि आफनो निजी जीवनका कारण चर्चामा आउने गर्थे । १२ बर्ष जेठी श्रीमती अमृता सिंहसंग डिभोर्स , विभिन्न युवतीहरुसंगको प्रेम सम्बन्ध , करिनासंगको बिवाह र उनको झगडा गर्ने शैलीका कारण उनी प्राय बिवादमा आउँने गर्थे । हुनत उनी बलिउडमा सर्वाधिक धनी नायकमा पर्छन् । नवाब खानदानका उनको पुर्खौली सम्पत्ति नै अन्यले जिब्रो नै टोक्ने गर्छन् । फिल्मी करियर भने यतिबेला उनको खासै उत्साहजनक छैन । धेरै भयो उनले हिट फिल्म नदिएका । त्यसैले पनि उनले पद्मश्री पुरस्कार पाएपछि खुबै आलोचना भएको थियो । सरकारले उनलाई सन् २०१० मा सिनेमा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पद्मश्री पुरस्कार दिईएको थियो । तर उक्त पुस्कार उनले पाएपछि अधिकांशले जेठी श्रीमतीलाई डिभोर्स दिएका , अनेक युवतीसंग प्रेमसम्बन्धमा रहेका , अभिनय पनि खासै नआउँने र होटल होटलमा झगडा गर्दै हिड्ने नायकलाई पद्मश्री दिईएको भन्दै खुबै आलोचना भएको थियो ।

त्यतीबेला उनलाई पद्मश्री पुरस्कार फिर्ता गर्नु पर्ने भन्दै टिप्पणी भएको थियो तर सैफ र करिना दुबैले पद्मश्री पुरस्कार फिर्ता नगर्ने भन्दै अभिव्यक्ति दिएका थिए । तर सैफले पद्मश्री पुरस्कार फिर्ता गर्ने निर्णय लिएका छन् ।अरबाज खानले संचालन गर्दै आएको कार्यक्रममा यसबारेमा बोल्दै उनले पद्मश्री फिर्ता गर्ने बताएका हुन् । उनले सिनेमा क्षेत्रमा कयौँ यसका लायक रहेको भन्दै अहिले आएर पद्मश्री आफुले लिन नहुने कुरा बताएका हुन् । उनलाई पद्मश्री खरिद गरेको समेत आरोप लागेको थियो । यसबारमो बोल्दै उनले भने “पद्मश्री जस्तो पुरस्कार खरिद गरेको भन्ने आरोप सही होईन । यो खरिद गर्ने सम्भावना नै छैन यो त निकै महंगो हुन्छ । मतलब भारतीय सरकारलाई घुस खुवाउँन सक्ने मेरो औकात नै छैन” ।

उनले अगाडी थप्दै भने “बलिउडमा यस्ता कयौँ प्रतिभाशाली कलाकारहरु छन् , मैले यो सम्मान लिनु हुन्थेन । किनकी यस्ता धेरै सिनियर कलाकारहरु छन् जसले यो सम्मान अझै पाएका छैन । यो मेरो लागि निकै लज्जाजनक छ । म भन्दा पनि कम प्रतिभावानहरुले पद्मश्री पुरस्कार पाएका छन् । त्यसैले म यो पद्मश्री पुरस्कार फिर्ता गर्न चाहान्छु “। सैफअलि खानको यो घोषणाले यतिबेला बलिउडमा निकै हंगामा मच्चिरहेको छ । स्मरण रहोस पद्मश्री पुरस्कार यस्तो सरकारी सम्मान हो जसलाई भारत सरकारले विभिन्न क्षेत्रमा योगदान पु¥याउँनेहरुलाई सम्मानका साथ बितरण गर्ने गर्छ ।

 

 

Read Previous

‘नेपाल आईडल’का बिक्रम बराल बैवाहिक जीवनमा बाँधिए (तस्बिर सहित)

Read Next

दिपिकाको ब्राण्ड भ्यालुको अगाडी खान नायकले पानी भन्न पाएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *