कमल हसनको बयानले भारतमा हंगामा

साउथका चर्चित नायक कमल हसन आफनो बिवादित बयानको कारण पनि चर्चा र आलोचनामा पर्ने गरेका छन् । मक्कल निधी मइयम नामक राजनितीक पार्टीमा समेत आवद्ध रहेका कमल हसनले हालै एक चुनावी कार्यक्रममा दिएको बयानले यतिबेला उनी चर्चा र आलोचनामा आएका छन् । उनले तमिलनाडुमा भएको चुनावी कार्यक्रममा स्वतन्त्र भारतको पहिलो आतंककारी नै हिन्दु रहेको बताएका थिए । उनका यस अभिव्यक्तिले यतिबेला भारतमा हंगामा मच्चिरहेको छ । उनले भनेका थिए “स्वतन्त्र भारतको पहिलो आतंककारी एक हिन्दु थिए । उनको नाम हो नाथुराम गोड्से । यहीबाट भारतमा आतंक सुरु भएको थियो” । उनले अगाडी थप्दै भने “मैले यो यस कारण भनेको होईन की यो मुस्लिम इलाका हो । मैले यो यस कारण भनिरहेको छु किनकी मेरो अगाडी गान्धीको मुर्ती छ” ।

उनले आफु त्यही हत्याको जवाफ खोज्न आएको भन्दै उनले भारतमा सबैले बराबरीको दर्जा मिलोस भनेर आफुले चाहेको बताए । मोदी बिरोधी रहेका कमल हसनले यसअघि पनि हिन्दुवादीहरुको कडा आलोचना गर्दै भाजपालाई आफनो निसाना बनाएका थिए । बलिउड फिल्ममा समेत अभिनय गरिसकेका कमल हसनले सन् २०१८ मा आफनो पार्टी बनाएका थिए । हालैमात्र उनले सन् २०२४ मा हुन लागेको लोकसभा चुनावका लागि ५ बर्ष अघि नै घोषणा पत्र समेत जारी गरिसकेका छन् ।

Read Previous

“बर्षा सिवाकोटीको स्टाटसले रुन आयो” :- बर्षा राउत

Read Next

कन्हैया कुमारको बायोपिकमा सलमान ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *