‘कबड्डी ३’ मा दयाहाङसंग उपासनाको जोडी

नेपाली सिनेमा क्षेत्रमा दर्शकहरुले निकै रुचाएको ब्राण्ड नै बनेको सिरिज हो ‘कबड्डी’ । केही समय यता लोकप्रिय नायक प्रदिप खड्काको फिल्ममा अभिनय गर्न लागेको खबरले पनि यसको चर्चा थप चुलिएको थियो । तर विविध कारणले प्रदिपले यस फिल्ममा काम गर्न सकेनन् । तर अब ‘कबड्डी ३’ले आफनो स्टारकास्ट तय गरिसकेको छ । फिल्मका लागि दयाहाङ राई र क्याप्टेन फेम नायिका उपासना सिंह ठकुरी पक्का भईसकेका थिए भने अब यस फिल्ममा कर्माको पनि प्रबेश भएको छ । हाल फिल्मका कास्टलाई लिएर निर्माण टिमले कार्यशाला चलाईरहेको छ । फिल्ममा विल्सनविक्रम राई र बुद्धि तामाङको पनि अभिनय रहनेछ ।

पोखरा, मुस्ताङ र अन्नपूर्ण आधार शिविर वरपर सुटिङ हुने यस फिल्मबाट निर्माता रौनक विक्रम कँडेल बाहिरिएपछि रामबाबु गुरुङले आफ्नै ब्यानर सिनेमा आर्टबाट फिल्म निर्माण गर्दैछन् । कबड्डी लोकप्रिय सिक्वेल हो जसको प्रिक्वेलले राम्रो कलेक्सन पनि गरेको थियो । मुस्ताङी आञ्चलिकतामा केन्द्रित हुने फिल्म जेठदेखि फ्लोरमा जाँदैछ । फिल्मलाई रामबाबुले नै निर्देशन गर्दैछन् । ‘कबड्डी ३’ दर्शकहरुले प्रतिक्षा गरेको फिल्म हो ।

 

 

Read Previous

राजु परियारले अस्मितालाई छोडुवा गाई भनेपछि चर्कियो दोहोरी

Read Next

कैटरिनाको ब्रेकअप पीडा:- “जिवन नै सकिए झै लाग्थ्यो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *