राजु परियारले अस्मितालाई छोडुवा गाई भनेपछि चर्कियो दोहोरी

चितवनको लोकप्रिय कालिका मिडियाले नेपाली गीत संगितको क्षेत्रमा आफनो अमुल्य योगदान दिँदै आएको छ । संगितकर्मीहरुलाई हौसला प्रदान गर्न म्युजिक अवार्ड होस वा नेपाली मौलिक गीतहरुको संरक्षण तथा संबद्र्धन गर्न नै किन नहोस कालिका मिडिया निरन्तर यसमा लागिपरिरहेको छ । त्यसमाथि पनि नेपाली लोक तथा दोहोरी गीतको प्रर्बदन र संरक्षणका लागि कालिका मिडिया एक कदम अगाडी नै छ । दोहोरी भन्ने बित्तिकै नेपाली समाजमा यो एउटा अभिन्न अंग र मौकिल संस्कृती पनि होस जसको प्रर्बदन र संबद्र्धनका लागि कालिका मिडियाले केही समय देखि कालिकाको रोधी घर संचालन गर्दै आईरहेको छ ।जसमा चर्चित भन्दा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागिता रहँदै आएको छ ।

जसलाई दर्शक तथा श्रोताहरुले निकै रुचाईरहेका छन् । त्यसमध्ये पनि निकै मन पराईएको एउटा एपिसोड तपाईहरुमाझ प्रस्तुत गर्दैछौँ जहाँ लोक तथा दोहोरीको क्षेत्रमा चर्चित गायक राजु परियार र अस्मिता डिसीबीच दोहोरीमा घम्साघम्सी परेको छ । कालिकाको रोधीघर कालिका एफ एफ ९५.२ मा शुक्रबार ४ बजे र शनिबार बेलुकी ९.१५ मा पुन: प्रसारण हुन्छ भने कालिका एच डी टेलिभिजनमा शनिबार राती ८.३० मा प्रसारण हुने गर्छ ।  अस्मिता भन्छिन् “छ न लाई त राजु कै भर छैन , सोधेकी हुँ खोज्दिन कर छैन । जवाफमा राजु भन्छन् “सोच्थे मैले देवी र माई जस्ती , नभउ नानु छोडुवा गाई जस्ती” । हेर्नुस रमाईलो दोहोरी

 

 

Read Previous

अजितको फिल्मले तोड्यो ‘बाहुबली २’ को रेकर्ड

Read Next

‘कबड्डी ३’ मा दयाहाङसंग उपासनाको जोडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *