अजितको फिल्मले तोड्यो ‘बाहुबली २’ को रेकर्ड

साउथ फिल्मका चर्चित नायक अजित कुमारको लोकप्रियता जगजाहिर भएको कुरा हो । उनको अभिनय , संवाद बोल्ने शैली र एक मुस्कानले नै फ्यानहरु भुतुक्क हुने गर्छन् । पछिल्लो पटक अजितको विश्वासम नामक फिल्म रिलिज भएको थियो । जुन फिल्म बक्सअफिसमा सुपरहिट भएको थियो । जुन समय रजनीकान्तको फिल्म पेट्टा पनि रिलिज भएको थियो । फिल्मले रिलिज भएसंगै नयाँ-नयाँ रेकर्ड बनाएको थियो । यसैबीच यही फिल्मले यतिबेला रिलिजको लामो समयपछि बाहुबली २ को रेकर्ड तोड्न सफल भएको छ । पुर्णतय एक्सन धारमा बनेको विश्वासम टेलिभिजन प्रिमियरमा सबैभन्दा धेरै दर्शकले हेरेर नयाँ रेकर्ड बनाएको हो । फिल्मको टिभी प्रिमियर मेई १ मा गरिएको थियो ।

जुन समय यस फिल्मलाई टिभीमा सबैभन्दा धेरै दर्शकहरु हेरेको साउथ फिल्मको रेकर्ड बनाएको हो । ट्रेड एनालिस्ट रमेश बालाका अनुसार विश्वासमले १ करोड ८१ लाख ४३ हजार इन्प्रेशन पाउन सफल भएको हो । योसंगै फिल्मले बाहुबली २ को रेकर्ड तोडन सफल भएको हो । यसको रिपोर्ट ब्रोडकास्ट आडियन्स रिसर्च काउन्सिलले जारी गरेको हो । यस रिपोर्टपछि फिल्म निर्माण टिमले दर्शकहरुलाई धन्यवाद दिएका छन् । फिल्ममा नयनतारा नायिकाको रुपमा रहेकी थिईन भने फिल्मलाई शिवाले निर्देशन गरेका थिए ।

 

 

Read Previous

मिलन चाम्सले लिए सन्यासको घोषणा

Read Next

राजु परियारले अस्मितालाई छोडुवा गाई भनेपछि चर्कियो दोहोरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *