“कालिकाको रोधीघर” मा जेरी र राजु परियारबीच दोहोरीमा चल्यो घम्साघम्सी (भिडियो सहित)

चितवनको लोकप्रिय कालिका मिडियाले नेपाली गीत संगितको क्षेत्रमा आफनो अमुल्य योगदान दिँदै आएको छ । संगितकर्मीहरुलाई हौसला प्रदान गर्न म्युजिक अवार्ड होस वा नेपाली मौलिक गीतहरुको संरक्षण तथा संबद्र्धन गर्न नै किन नहोस कालिका मिडिया निरन्तर यसमा लागिपरिरहेको छ । त्यसमाथि पनि नेपाली लोक तथा दोहोरी गीतको प्रर्बदन र संरक्षणका लागि कालिका मिडिया एक कदम अगाडी नै छ । दोहोरी भन्ने बित्तिकै नेपाली समाजमा यो एउटा अभिन्न अंग र मौकिल संस्कृती पनि होस जसको प्रर्बदन र संबद्र्धनका लागि कालिका मिडियाले केही समय देखि कालिकाको रोधी घर संचालन गर्दै आईरहेको छ ।

जसमा चर्चित भन्दा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागिता रहँदै आएको छ । जसलाई दर्शक तथा श्रोताहरुले निकै रुचाईरहेका छन् । त्यसमध्ये पनि निकै मन पराईएको एउटा एपिसोड तपाईहरुमाझ प्रस्तुत गर्दैछौँ जहाँ लोक तथा दोहोरीको क्षेत्रमा चर्चित गायक राजु परियार र बर्तमान समय दोहोरीमा सबैलाई आथ्थु आथ्थु पार्न सफल गायिका बबिता बानिँया जेरीको घम्साघम्सी रहेको छ । कालिकाको रोधीघर कालिका एफ एफ ९५.२ मा शुक्रबार ४ बजे र शनिबार बेलुकी ९.१५ मा पुन: प्रसारण हुन्छ भने कालिका एच डी टेलिभिजनमा शनिबार राती ८.३० मा प्रसारण हुने गर्छ ।

राजु भन्छन् “धर नपाउदा पिरती नलाईत , आजभोली झ्याउ लाउछ मलाई त” । जवाफमा जेरी भन्छिन्” सायद मनको चाहना यस्तै हो धेरै आईमाई बटुल्दा त्यस्तै हो” । हेर्नुस पुरा भिडियो ।

 

Read Previous

चर्चित संचारकर्मी सुरज श्रेष्ठको निधन

Read Next

मिलन चाम्सले लिए सन्यासको घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *