“सुन साइँली” का रेकर्डिस्ट बुहारी हत्याको आरोपमा प्रक्राउ

“सुन साइली”  गीतका रेकर्डिस्ट उज्वल महत प्रक्राउ परेका छन् । उनलाई भाई-बुहारीको हत्या गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको हो । उनले बिहीबार दिउँसो २५ वर्षीय बुहारी अञ्जना महतमाथि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाई छ । बुहारीको हत्या गरे लगत्तै उनले घरमै रहेकी आमालाई बताएका थिए । त्यसपछि प्रहरीलाई खबर भएपछि उनलाई प्रहरीले प्रक्राउ गरेको हो ।

प्रहरी घटनास्थल पुग्दा उनी त्यही थिए भागेका थिएनन् । उनले किन बुहारीको हत्या गरे भन्ने चाही खुलेको छैन । उनीमाथि अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुले बताए ।  केही गीतहरुमा संगित समेत दिएका महतमा मानसिक समस्या देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बताईएको छ ।

Read Previous

यस्तो छ ‘दाल भात तरकारी’ को कलेक्सन

Read Next

चर्चित संचारकर्मी सुरज श्रेष्ठको निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *