पूर्व प्रेमिकासंग डराए ऋतिक रोसन

बलिउडमा यस्ता कयौ पूर्व प्रेमजी जोडीहरु छन् जो एक अर्काको मुख समेत हेर्दैनन् भने कोही ब्रेकअपपछि पनि राम्रो मित्रताको साईनोमा छन् । यस्तै मुखै नहेर्ने पूर्व प्रेमी जोडी हो कंगना रनावत र ऋतिक रोसन । लामो समय प्रेम सम्बन्धमा रहेका यी जोडीको ब्रेकअप बलिउडमा सबैभन्दा बढि चर्चित अनि बदनाम बनेको थियो । कंगनाले ऋतिकले आफुलाई बिवाह गर्छु भन्दै धोका दिएको भन्दै उनले सार्वजनिक रुपमा बताएपछि ऋतिकको चौतर्फी आलोचना भयो । यस मुद्धामा यी दुईबीच मुद्धा हालाहाल नै भयो तर सम्भवत ऋतिकको गल्ती भएकै कारण कंगना कडाकडीरुपमा प्रस्तुत हुँदै ऋतिक त्यही अनुरुप अगाडी पर्न सकेनन् । आफनो कम्जोरी लुकाउनको लागि नै ऋतिकले कंगनासंगको मुद्धा अगाडी बढाउन चाहेनन् ।

कंगनाले रुदै मिडियामा ऋतिकलाई आफुले मनदेखि माया गरेको तर उसको धोका दियो भनेपछि उनीहरुको प्रेम र ब्रेकअप दुबै कम चर्चामा आएन । अझै पनि कंगना ऋतिकबिरुद्ध तितो शब्दहरु ओकाल्न पछि पर्दिनन् । यसबीच यी दुईको नयाँ फिल्म एकासथ जुध्ने भएपछि यसको चर्चाले बलिउड निकै तातेको थियो । ऋतिकको सुपर ३० र कंगनाको मेन्टल है क्या जलाई २६ मा रिलिज हुने भएपछि यसले खुबै चर्चा कमायो । कंगना पनि यो मितीबाट पछि हट्ने योजनामा थिईनन् उनलाई त ऋतिकको सेखी नै झार्नु पर्ने थियो । यस बिषयमा कंगनाकी बहिनी रंगोलीले पनि ऋतिकलाई अब देख्लास भन्दै स्टाटस पोस्ट गरेकी थिईन् ।

यस्तै चर्चा र बिवादका बीच ऋतिकले जुलाई २६ मा आफनो फिल्म रिलिज नगर्ने भएका छन् । आफनो पूर्व प्रेमिकाको फिल्मसंग आफनो फिल्म जुध्दा हुने तनावबाट बच्न रिलिज सारेको बताएका छन् । उनले ट्वीटरमा आफु मानसिक हिंसा र प्रताडनाबाट बच्न फिल्मको रिलिज सारेको उल्लेख गरेका छन् । उनको यही ट्वीटले ऋतिक र कंगनाको फिल्म जुध्न लाग्दा मिठो स्वाद मानेकाहरु भने निरास बनेका छन् । अब ऋतिक कंगनाको अघि पर्न त डराउँछन् त्यसमाथि फिल्म बक्सअफिसमा जुधाउन त ठुलै हिम्मत उनले गर्न सकेनन् ।

 

Read Previous

‘मिस नेपाल २०१९’ को उपाधि अनुस्कालाई

Read Next

चीनमा नेपाली फिल्म रिलिज हुने पक्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *