निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाईले गरे बिवाह

नायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईले बिवाह गरेका छन् ।फिल्म ‘ऐश्वर्य’ बाट प्रेममा परेको यो जोडीले बैशाख २४ गते अर्थात आजको लगनमा लगनगाँठो कसेका हुन् ।

दीवाकर र दीपिकाले हिन्दु संस्कृति अनुसार विवाह गरेका हुन् । गृह नगरमा भएकाले निर्देशक र नायिकाको बिवाहमा धेरै फिल्मकर्मी भने उपस्थित हुन सकेनन् ।अभिनेता प्रशान्त ताम्राकार, सिनेम्याटोग्राफर सुदीप खड्का लगायत बिवाह समारोमा सहभागी थिए ।



दिवाकर भट्टराईले  ‘ऐश्वर्य’ सँगै उनले ‘स्टुपिड मन’, ‘क्याप्टेन’ फिल्म निर्देशन गरिसकेका छन् । उनी चाँडै एक लभस्टोरी फिल्ममा आफ्नी श्रीमतीको जोडी अभिनेता आर्यन सिग्देलसँँग बाँध्दैछन् । दीपिका अहिले फिल्म ‘हेल्लो जिन्दगी’ मा व्यस्त छिन् भने उनले यस अघि ‘छक्का पञ्जा ३’ मा पनि काम गरेकी छन् । ।यो जोडीले यस अघि नै अदालतमा गएर कागजी विवाह गरेका थिए । भने, गएको फागुनमा दुईले इन्गेजमेन्ट गरेका हुन् ।

Read Previous

योगेश र सारिकाको ‘ऐसेलुको पात’ सार्वजनिक (भिडियो)

Read Next

बर्षा र सन्जोगको कसियो लगन गाठो

Leave a Reply

Your email address will not be published. Required fields are marked *