योगेश र सारिकाको ‘ऐसेलुको पात’ सार्वजनिक (भिडियो)

योगेश काजीको स्वर, शब्द तथा संगीत रहेको ‘ऐसेलुको पात’ बोलको गीत सार्वजनिक भएको छ । डान्सिंग नम्वरको गीतको भिडियोमा नमुना श्रेष्ठ, विवेक मोक्तान, सुदिप राई, चपुर हर्स कृ फिचर्ड छन् । हेर्नुस् भिडियो :

‘ऐसेलुको पात’ मा योगेशलाई नायिकाबाट गायिका बनेकी सारिका घिमिरेले साथ दिएकी छन् । म्युजिक भिडियोलाई पनि सारिकाले नै निर्देशन गरेकी हुन् । ज्ञानेन्द्र शर्मा हुमागाईंले खिचेको म्युजिक भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।

‘ऐसेलुको पात’ लाई दर्शक तथा श्रोताले रुचाउने योगेश र सारिकाको विश्वास । हामीले दर्शकको रोजाइलाई हेरेर गीत बनाएका छौं । धेरै माया पाउने आशा छ, योगेश र सारिका भन्छन् । के सालको पात जस्तै ऐशेलुको पात सुपरहिट बन्ला त ?

Read Previous

‘हजार जुनीसम्म’ को मितिमा पुग्यो दयाको ‘दयारानी’

Read Next

निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाईले गरे बिवाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *