‘हजार जुनीसम्म’ को मितिमा पुग्यो दयाको ‘दयारानी’

दयाहाङ राई अभिनित फिल्म ‘दयारानी’ प्रदर्शन मिती सरेको छ । जेठ १० गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म अब साउन ३० मा आउने भएको छ । फिल्म युनिटले प्रर्दशन मिति सार्दै फिल्मको तीन पोस्टर सार्वजनिक गरेको छ ।

पोस्टरमा दयाहाङ र दीया पुनलाई प्रस्तुत गरिएको छ । साउन ३० गतेलाई मिति तय गरेपछि यो फिल्म स्वस्तिमा खड्का अभिनित फिल्म ‘हजार जुनीसम्म’ सँग लाग्दैछ । फिल्ममा कथा लेखन तथा निर्देशन माओत्से गुरुङको रहेको छ । गुरुङ समुदायको परिवेशमा तयार पारिएको फिल्ममा दयाहाङ र दीयासँगै बिजय बराल, प्रमिस गुरुङ, श्रीषा कुँवर, नयन गुरुङ, पुस्कर गुरुङ, टिका राम घले, सुर्य सुनवार, राजेन्द्र थापा, सिता देवी गुरुङ, कृष्टी गुरुङ लगायत कलाकारको अभिनय रहेको छ ।

शैलेन्द्र डी. कार्कीले छायांकन गरेको फिल्मलाई राजेन्द्र खड्का र निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्मलाई मोहन गुरुङ, न्यू आइटी भेन्चर, किरण गुरुङ, केन्द्र लिम्बु, खुसीमान गुरुङ, सुरेन्द्र गुरुङ र सुर्य प्रकाश गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Read Previous

‘प्रेम गीत ३’ का लागि हिरोइनको अडिसन खुल्ला

Read Next

योगेश र सारिकाको ‘ऐसेलुको पात’ सार्वजनिक (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *