‘प्रेम गीत ३’ का लागि हिरोइनको अडिसन खुल्ला

सन्तोष सेनको निर्माणमा बन्न लागेको फिल्म ‘प्रेम गीत ३’को नव नायिकाको खोजी गरिएको छ । फिल्म निर्माण टिमले अडिसन मार्फत नायिका छनोट गर्ने भएको हो ।

केहि समय अगाडि फिल्मको पोस्टर सहित प्रर्दशन मिति तय गरिएको थियो । यो फिल्म यसै सालको अन्तिम चैत २८ गते प्रर्दशन हुनेछ । यो फिल्ममा नायकको रुपमा प्रदिप खड्का हुने चर्चा छ । यद्पी नायक खड्का हुने औपचारिक रुपमा घोषणा भने गरिएको छैन् । फिल्म युनिटले एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै नव नायिकाको आह्वान गरेको छन् । यो फिल्मका लागी इच्छुकहरुले संसारभरबाट अडिसनमा सहभागी हुन सक्नेछन् । अडिसनको दिनको लागि www.aasusenfilms.com र aasusenfilms@gmail.com ईमेलमा पनि सम्पर्क गर्न सकिन्छ ।

यो फिल्मलाई छेतन गुरुङ र सन्तोष सेनले निर्देशन गर्नेछन् । निर्माता सेनले यो फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । फिल्म टिमले नव नायिकाकोलाई केहि सर्त राखेका छन् । उक्त सर्तहरु निम्नानुसार छ :

१. हालै खिचेका ४ वटा स्पष्ट अनुहार देखिने तस्बिरसहित उहाँहरुले आफ्नो बायोडाटा पठाउनुपर्नेछ । अभिनेत्री बन्न चाहनेहरुको उचाई ५.२ देखी ५.७ सम्म हुनुपर्नेछ । १८ वर्षभन्दा माथि र २५ वर्ष नपुगेको हुनुपर्नेछ ।
२. आवेदन भरेका मध्ये २० जना फाइनल अडिसनका लागी छान्नेछौं । उहाँहरुमध्येबाट एकजना मुख्य अभिनेत्री छनौट गर्नेछौं ।
३. इच्छुकहरुले आगामी जेठ १० सम्म सम्पर्क गरिसक्नुपर्नेछ ।
४. चलचित्र प्रेम गीत ३ आसुसेन फिल्मको ब्यानरमा निर्माण हुन गैरहेको पाँचौं प्रोजेक्ट हो । यो चलचित्रको मुख्य अभिनेत्री हुन चाहनेहरुले हाम्रो आधिकारीक ठेगानामा सम्पर्क गर्नुहोला ।
थप जानकारी
झण्डैं १ बर्षदेखी स्क्रिप्टको काममा छौं र अबको २ हप्ताभित्रै स्क्रिप्टको काम सकेपछि कलाकार छनौट गर्नेछौं ।

Read Previous

‘प्रचार प्रसारमा चुक्दा आलोचना भयो’ : मह जोडी

Read Next

‘हजार जुनीसम्म’ को मितिमा पुग्यो दयाको ‘दयारानी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *