हाउसफुल फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’

नयाँ वर्षको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्राः अ म्युजिकल भ्लग’ले प्रदर्शनको सुरुमा राम्रो दर्शक पाउन सफल भएको छन् । दुबै फिल्मले शुक्रबार र शनिबार र आजको अहिलो सोमा राम्रो ब्यवसाय गरेको वितरकको दाबी रहेको छ ।
अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ३’ पहिले र दोस्रो दिन र आज राम्रो दर्शक पाएको छ । शनिबार फिल्मले आक्रमक व्यवसाय गरेको निर्माता सुनिल कुमार थापाले बताए ।
फिल्मले शनिबार गोपी, अष्टनारायण, गुण, गंगा, कलंकी, बहारी लगायत चलचित्र उपत्यका बाहिरका हलहरुमा पनि दर्शकको चाप देखिएको छ । मल्टिपेलेक्स सिभिल, जय नेपाल, छायाँ सेन्टर, कुमारीका साथै विग मुभिज, बिएसआर, एफ क्युब लगायतका सम्पुर्ण हलमा दर्शक खचाखच भरिएको दाबी निर्माता थापाको रहेको छ ।
प्रेमकथामा बनेको झरना थापा निर्देशित फिल्ममा अनमोल र सुहानाको अलवा सलोन बस्नेत, अर्पण थापा, सरोज खनाललगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।

यस्तै शुक्रबारबाटै प्रदर्शनमा आएको अर्को फिल्म ‘यात्रा स्अ म्युजिकल भ्लग’ले पनि राम्रो दर्शक पाइरहेको छ । चकलेटी ब्वाई सलिनमान बनिया स्टारर फिल्म ‘यात्रा’ले बक्सअफिसमा सुखद सुरुवात गरेको निर्माता सुशील पोखरेलले बताए ।

Read Previous

बलिउड फिल्म स्टुडन्ट अफ दी ईयरको ट्रेलर हेर्नुहोस् ।

Read Next

माग्ने बुढा ‘प्रबल जनसेवा श्री’ बाट बिभूषित