जुम्ल्याहा दिदिबहिनी “प्रिन्सी, प्रिज्मा” एउटै घरमा विवाह गर्दै (भिडियो)

मुस्कान / टिकटक बाट चर्चामा आएकी जुम्ल्याहा दिदिबहिनी प्रिज्मा र प्रिन्सी खतिवडा गायक प्रमोद खरेलको “झुमा झुमा” गीतको म्युजिक भिडियोमा दुलही बनेकी छिन् । टिकटक बाट सर्वाधिक चर्चामा आएका जुम्ल्याहा दिदिबहिनी पहिलोपटक सञ्चारकर्मी शिशिर भण्डारीको “हाम्रो माया जिन्दावाद” गीतबाट मोडलिङमा डेव्यु गरेका हुन् ।

यो गीतको म्युजिक भिडियोमा प्रिज्मा र प्रिन्सीलाई दुलहीको भुमिकामा देखेपनि दुलाहा को हुन् भनेर थाहा पाउन म्युजिक भिडियो नै कुर्नु पर्ने बताएका छन् । गीत नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिने गायक खरेलले जानकारी दिएका छन् ।

 

टिकटकबाट भाइरल भएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्माको पहिलो म्युजिक भिडियो शिशिर भण्डारी संग सार्वजनिक भएको थियो भने भिडियोमा अहिले सम्म २५ लाख भन्दा धेरै पटक हेरिएको छ।

त्यस्तै उनीहरुको नयाँ गीत अब बजारमा आउने भएको छ। अहिले अब आउने गीतको लागि नयाँ भिडियोको लागि उनीहरु सुटिङ्गमा व्यस्त छन्। चर्चित गाएक प्रमोद खरेलको गीतमा प्रिज्मा र प्रिन्सीलाई अभिनय गराईएको छ।

जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी टिकटकमा सबै भन्दा धेरै फलोअर्स भएका जुम्ल्याहा दिदी बहिनी हुन्। उनीहरु नेपाल भारत बंगलादेश पाकिस्तानमा धेरै चर्चित रहेका छन्। उनीहरुको हालसम्म ५ मिलियन भन्दा धेरै फ्यान फलोअर्स रहेका छन्। प्रिस्मा प्रिन्सिको नाम मात्र जोडिएको भिडियोमा लाखौँ भिउज आउने गरेको छ।

Read Previous

‘ए मेरो हजुर ३’को शिर्ष गीत सार्वजनिक ( भिडियो सहित )

Read Next

चर्चित अभिनेता दीलिप रायमाझी र अभिनेत्री मरिष्का पोखरेलको दमदार अभिनय ( भिडियो सहित )